काठमाडौं । “काचो तरकारी” बोलको गीत रिलिज भएको छ गीतमा तिलक बस्नेत , प्रयास रसाइली , कल्पना दाहाल र मोलिशा आलेमगरको सुमधुर आवाज रहेको छ।गीतमा समीर प्रकाश पाण्डेको शब्द रहेको छ भने तिलक बस्नेतले संगीत दिएका छन् ।
गीतको भाव अनुसार भिडियो बनाइएको छ। भिडियोमा कलाकार जिबी चिरन, मनिषा आचार्य, बिना राउत , बिनोद बस्नेत र लगायतका कलाकारहरुको अभिनय रहेको छ।
भिडियोमा सृजन बरालको निर्देशन, दिपक गिरिको छायांकन ,अमृत चापागाईंको भिडियो सम्पादन एवम् कलर रहेको छ । भिडियो आहा टिभीको अफिसियल युटुब च्यानलबाट रिलिज भएको हो।