शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कार्यक्रम "सेलिब्रेटि ज्यामअप" दर्शक श्रोता-माझ आउँदै

कार्यक्रम "सेलिब्रेटि ज्यामअप" दर्शक श्रोता-माझ आउँदै

विष्णु ठकुरी

१०, चैत्र २०७७
  • 14.0K
    SHARES
  • कार्यक्रम "सेलिब्रेटि ज्यामअप" दर्शक श्रोता-माझ आउँदै

    काठमाण्डौँ । नेपाली टेलीभिजनहरुमा देखिरहेको भन्दा फरक प्रस्तुति दिदै आफ्नो उपस्थिति बलीयो बनाउन कार्यक्रम सेलिब्रेटि ज्यामअप दर्शक श्रोतामाझ आउँदै छ । साँझको समयमा थकानहरुलाई बिर्साउदै हास्दै, खादै, नाच्दै रमाइलो गर्ने कार्यक्रममा चर्चित व्यक्तित्वहरुसँग मिठोभलाकुसारी गर्दै हास्ने, खाने, नाच्ने र दर्शकबिनसँग प्रत्यक्ष साक्षतकार गर्ने कार्यक्रम सेलिब्रेटि ज्यामअप हो ।

    images
    images

    पृथक स्वादको हाँस्ने, हसाउने कार्यक्रम रहेको यस कार्यक्रमका निर्देशक राजु पुडासैनीले बताउनु भएको छ । हाम्रा चलेका कलाकार, फिल्मि स्टार, साहित्यकार, खेलाडि, चर्चित व्यक्तित्व, कमेडियन, समाजसेविहरुको जीवनका रमाईलो पाटाहरु खोतल्दै, उनीहरुको जीवनका रमाइलो पक्षलाई हास्य रसमा प्रस्तुत गर्ने कार्यक्रम भएको पुडासैनीको कथन छ । कार्यक्रम प्रस्तोता रित्तिका खरेल छिन्भने कलाकारहरुमा कुमार गजुरेल, रुकमिला अधिकारी, सबिना गोपालि, राजु पुडासैनीले रोस्टिङ्ग गर्नुहुनेछ साथमा लाइभ संगीतको प्रस्तुती रहनेछ, संगीत संम्योजनमा अनोज चित्रकार, विवेक थापा र सागर तामाङ्गले गरेका छन्। अडियन्सको उपस्थितिमा कार्यक्रमको प्रस्तुति रहनेछ ।

    कार्यक्रमका छायाँकनमा सुसिल बास्कोटा, रोसन थापा, निलकमल मोक्तान रहेका छन् भने दृश्य सम्पादन विष्णु काप्लेले गरेका छन्साथै साउण्ड र लाईटमा ओम साउड सिस्टमले हेरेका छन्।कार्यक्रममा हास्न, खान, नाच्न भरपुर पाईनेछ । कार्यक्रमलाई माता पार्वति ईन्टरटेन्मेन्टले प्रस्तुत गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - १३:३१:२९ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology