शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नबिल बैङ्कले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने आईकार्ड

नबिल बैङ्कले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने आईकार्ड

नागरिक पाटी

१०, चैत्र २०७७
  • 7.0K
    SHARES
  • नबिल बैङ्कले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने आईकार्ड

    काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैङ्कले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैङ्कले यूएस डलर नबिल आईकार्ड ल्याएको छ । यस बैङ्कमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ई–कमर्ससाइटमार्फत् अनलाइन सपिङ गरी विश्व भर (भारतबाहेक) भुक्तानी गर्न सक्नेछन् ।

    images
    images

    सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक पटक गरि एक वर्षमा अमेरिकी डलर ५०० बराबरको परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन् । नबिल बैङ्कले ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फत बैङ्कले सेवा दिँदै आएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २१:४०:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology