शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने

नागरिक पाटी

१०, चैत्र २०७७
  • 5.8K
    SHARES
  • राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ ।

    images
    images

    बैंकले आज एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो । केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई रु १७ करोड २५ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ५१ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा रु का रु दुई अर्ब ७६ करोड लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ ।

    केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम भएके, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको जस्ता शर्त तोकेको छ । यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको हुन नहुने तथा सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्ने लगायतका शर्त रहेको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १०, २०७७ मंगलवार - २१:४५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology