शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

नागरिक पाटी

२७, चैत्र २०७७
  • 7.7K
    SHARES
  • सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड

    काठमाण्डौँ । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको आईपीओ आज बाँडफाँड भएको छ । विहान ११ बजे आईपीओ बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड भएको हो । गोलाप्रथाबाट बाँडफाँड भएको आईपीओमा लगानीकर्ता लक्ष्मण श्रेष्ठले बल तानेका थिए । बल तान्दा लम्की नम्वर ५ आएको थियो ।

    images
    images

    मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड भएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६९ हजार ७ सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी १२ लाख ९५ हजार ८ सय ३० जनाको हात खाली भएको छ ।

    कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५ सय ३० जनाको आवेदन परेको थियो । जसमध्ये, ५ हजार ७ सय २८ जना आवेदको आवेदन रद्द भएको थियो र बाँकी १५ लाख ५९ हजार ८ सय २ जना मात्र योग्य आवेदक रहेका थिए ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा चैत्र ६ गतेदेखि चैत्र १०सम्म २९ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

    जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ । आईपीओको नतिजा मेरो सेयरमा अपलोड गर्न समय लाग्ने भएकोले बाँडफाँड भएको ४ र ५ घण्टापछि मात्र मेरो सेयरबाट हेर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - १२:२९:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology