शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विभिन्न ९ वटा कम्पनीको आईपीओ खुल्दै

विभिन्न ९ वटा कम्पनीको आईपीओ खुल्दै

नागरिक पाटी

२७, चैत्र २०७७
  • 8.4K
    SHARES
  • विभिन्न ९ वटा कम्पनीको आईपीओ खुल्दै

    काठमाण्डौँ । विभिन्न ९ वटा कम्पनीले छिट्टै नै साधारण सेयर (आईपीओ) निष्कासन गर्दैछन् । बजारमा ९ कम्पनीका २ अर्ब ९४ करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ९ हजार ७ सय ४० कित्ता आईपीओ आउँदै छ । जुन नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० को पाइपलाइनमा रहेका छन् ।

    images
    images

    अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोनमा० निवेदन पेश गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि चैत्र १६ गते, सोमबार सेबोनमा निवेदन पेश गरेको हो ।

    यस्तै साहस उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि मंसिर २४ गते, बुधबार नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

    यस्तै सामलिंङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रुपैयाँ बराबरको लाख १२ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

    यस्तै बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

    यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १४ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो ।

    यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो ।

    यस्तै सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सय कित्ता कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

    यसैगरी बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

    यस्तै ग्रीन भेन्चर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरमा ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन २८ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - १२:४३:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology