शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शुक्रबार देखि सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशन हुँदै

शुक्रबार देखि सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशन हुँदै

नागरिक पाटी

१६, बैशाख २०७८
  • 15.9K
    SHARES
  • शुक्रबार देखि सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशन हुँदै

    काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले भोलि वैशाख १७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिने छ ।

    images
    images

    यस कम्पनीको लगानी रहेको लमजुङमा ४.४० मेगावाटको राधी विद्युत कम्पनी र ०.१८ मेगावाटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटेड गरी ३ वटा आयोजनाहरु निर्माण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका २ मा ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।

    कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आ.ब. मा प्रति शेयर आम्दानी १३.५ र प्रति शेयर खुद सम्पत्ति १३८.७९ रहेको छ । कम्पनीले आ।व। २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ।ब। मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ ।

    साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण शेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।

    कम्पनीको साधारण सेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । प्रतिकित्ता १०० अंकित दरको २५,१८,२३० कित्ता साधारण शेयर मिति २०७८ वैशाख १७ गतेदेखि निष्काशन हुने हुँदा इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १६, २०७८ बिहिवार - १४:२३:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology