शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा "बुटवल बसपार्क" सार्वजनिक

गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा "बुटवल बसपार्क" सार्वजनिक

विष्णु ठकुरी

२६, बैशाख २०७८
  • 11.9K
    SHARES
  • गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा "बुटवल बसपार्क" सार्वजनिक

    गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा बुटवल बसपार्क सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ। गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी ,खोलिमा पानि ,माछी बस्यो ,परदेशको बास ,अक्षतामा दहि लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन्।

    images
    images

    गीतको म्युजिक भिडीयोलाई शिव बिकले निर्दशन गरेका हुन्। जहाँ जिबेस गुरुङ र याङ्सु श्रेष्ठ फिचर्ड छन्। गीतको भिडियोमा उनीहरुको जोडी सुहाएको छ। अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियोमा माधब श्रेष्ठको सह-निर्दशन ,पदम सुबेदीको सम्पादन ,मिलन बिस्वकर्माको कलर र सक्षम पुडासैनीको मेकअप समाबेस रहेको छ। गीतलाई गायक ओलीको अफ़िसिएल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १६:३३:५७ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology