शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनायो, ११ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनायो, ११ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

नागरिक पाटी

३, जेठ २०७८
  • 4.7K
    SHARES
  • नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनायो, ११ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से फेरि कीर्तिमानी विन्दुमा पुगेको छ । सोमवार २० दशमलव ७१ बढेर २७ सय ५९ दशमलव २२ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि आइतवार ९हिजो० नेप्सेले २७ सय ३८ विन्दुको रेकर्ड बनाएको थियो ।

    images
    images

    आज बैंकिङ समूहको शेयर नौ अङ्कले, व्यापार समूहको सात अङ्कले, जलविद्युतको ६८ अङ्कले, फाइनान्सको साढे १२ अङ्कले, माइक्रो फाइनान्सको १५ अङ्कले, जीवन बीमा समूहको एक सय १८ अङ्कले, निर्जीवन बीमाको ३९ अङ्कले र अन्य समूहको शेयर साढे ५७ अङ्कले बढेको छ । होटल, विकास बैंक र उत्पादन समूहको शेयर भने घटेको छ ।

    नेप्सेले कीर्तिमानी विन्दुको रेकर्ड बनाएको दिन कारोबार रकम भने घटेको छ । दुई सय १८ वटा कम्पनीका एक करोड ९० लाख कित्ता शेयर नौ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    रुरु हाइड्रो र समता घरेलु लघुवित्तसहित ११ कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि विशाल बजार कम्पनी, श्री इन्भेस्टमेन्ट लगायतका केही कम्पनीको शेयर सामान्य घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३, २०७८ सोमवार - १७:२६:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology