शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजारमा आज एकैदिन साढे १४ अर्ब माथिको कारोबार

शेयर बजारमा आज एकैदिन साढे १४ अर्ब माथिको कारोबार

नागरिक पाटी

१३, जेठ २०७८
  • 8.6K
    SHARES
  • शेयर बजारमा आज एकैदिन साढे १४ अर्ब माथिको कारोबार

    धादिङ । नेपालको शेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ । आज बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

    images
    images

    बिहीवार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो । कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन नेप्से भने सामान्य घटेको छ । नेप्से एक दशमलव २० अङ्कले घटेर २८ सय १५ दशमलव ४० विन्दुमा पुगेको छ ।

    सबैजसो लघुवित्त कम्पनीको शेयर घटेको छ । लघुवित्त समूहको शेयर घटे पनि जलविद्युत् समूहको शेयर भने उकालो लागेको छ । २० वटा जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ । अपि पावर कम्पनीको ४३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - १६:२१:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology