शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

नागरिक पाटी

१५, जेठ २०७८
  • 10.4K
    SHARES
  • बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

    काठमाण्डौ । सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार रुपैयाँ पुर्‍याएको छ । अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याइएको र सम्बन्धित पालिकाले थप गरेर न्यूनतम १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत जानकारी दिनुभयो ।

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलद्धारा आउँदो आर्थिक वर्षका लागि बजेट भाषण भईरहेको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।

    संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १७:४३:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology