शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजारमा आज नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

शेयर बजारमा आज नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

नागरिक पाटी

२०, जेठ २०७८
  • 5.4K
    SHARES
  • शेयर बजारमा आज नयाँ रेकर्ड, परिसूचक हालसम्मकै उच्च विन्दुमा

    धादिङ । शेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार नयाँ रेकर्ड कायम भएको छ । आइतबारको रेकर्ड तोड्दै बिहीबार नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

    images
    images

    नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार २ सय १८ कम्पनीको ३ करोड ४६ लाख कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । बुधबार दोहोरो अंकको सुधार आएको शेयर बजारमा कारोबार हुने साताको अन्तिम दिन परिसुचकमा ऐतिहासिक रेकर्ड कायम भयो ।

    बिहीबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेको छ । बिहीबार कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि उकालो लागेको हो ।

    विकास बैंक समुह सबैभन्दा उच्च १ सय ४६ अंकले उकालो लाग्दा होटल तथा पर्यटन समूह १ सय १७ अंकले उकालो लाग्यो । वाणिज्य बैंक, उत्पादनमुलक, वित्त र लघुवित्त समूह दोहोरो अंकले उकालो लाग्दा जलविद्युत, निर्जिवन र अन्य समुह दोहोरै अंकले ओरालो लागे ।

    ९९ कम्पनीको शेयर मुल्य बढ्दा ८१ कम्पनीको शेयर मुल्य घटेको बिहीबार मन्जुश्री फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा पन्चकन्यामाइ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढि गुमायो । यसदिन १६ अर्ब ९० करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २०, २०७८ बिहिवार - १८:३३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology