शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कविता : यात्रा

कविता : यात्रा

अन्जना अधिकारी

१२, आषाढ २०७८
  • 12.2K
    SHARES
  • कविता : यात्रा

    कतै कहर ले उचाल्छ
    कतै जहरले उचाल्छ
    कतै काडाले घोचिन्दिन्छ
    कतै फूलको बहार आइदिन्छ
    विक्षिप्त उकालो माथी
    नाकको ठेला छाम्दै र
    निर्मम ओरालो मा गुल्टिदै
    अगाडि यात्रामा मेरो यात्रा..

    images
    images

    पहाड ढल्दै छन्
    पानी आफैमा बल्दैछन्
    एक्कासि फलाम गल्दै छन्
    उत्पात अमृत मा जहर फल्दै छन्
    पटपट फुटाउदै नङ्ग हरु
    आशाको टुप्पो छुन खोज्दै
    बिस्तार चल्दै छ
    मेरो यात्रा..........

    धनका सुन्दर सहर चम्किए
    लक्ष्य खोज्न कोहि चादमा लम्किए
    स्वस्फूर्त आभाहरु प्रभातमा उदाए
    अचैतन्य बिम्ब
    प्रतिबिम्ब मेरो सहयात्री
    बन्दै यात्रा गर्दै छ
    नि शब्दी छाया जस्तै...


    यहि हो मेरो यात्रा
    कतै घर बगेका क्रन्दन
    कतै आशुका भावुक स्पन्दन
    चरचरी चिरिएका मुटुका
    छियाछिया रक्तबिम्बित
    लहराहरुसङ्गै बनेको
    मेरो यात्रा.......

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - ११:१४:३७ बजे

    अन्जना अधिकारी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology