शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति

दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति

नागरिक पाटी

१, श्रावण २०७८
  • 6.0K
    SHARES
  • दुई कम्पनीलाई धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को अनुमति दिएको छ । बोर्डले सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तलाई आईपीओ जारी गर्न अनुमति दिएको छ ।

    images
    images

    बोर्डले असार ३१ गते बिहीबार सानिमा लाइफ इन्स्योरेन्सलाई ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र मानुषी लघुवित्तलाई ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर बिक्री गर्न अनुमति दिएको हो ।

    दुबै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागेका हुन् । सानिमा लाइफ इन्स्योरेन्सले २०७८ जेठ ९ गते र मानुषी लघुवित्तले २०७८ वैशाख १३ गते बोर्डमा साधारण सेयर जारी गर्ने अनुमति माग गर्दै आवेदन दिएका थिए ।

    आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटल र मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

    आईपीओ निष्कासन पछि सानिमा लायफको चुक्ता पुँजी २ अर्ब र मानुषि लघुवित्तको १० करोड ९३ लाख रुपैयाँ पुग्ने छ ।

    यससँगै नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/०७८ मा २१ संस्थालाई १५ अर्ब ५ करोड ५३ लाख २८ हजार ७०० रुपैयाँ बराबरको प्राथमिक सेयर जारी गर्न स्वीकृति दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७८ शुक्रवार - १४:०३:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology