शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

नागरिक पाटी

१९, श्रावण २०७८
  • 8.0K
    SHARES
  • मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौँ । मुक्तिनाथ विकास बैंकले आज (साउन १९) देखि संस्थापक शेयरको एक लाख ५ हजार ४१ कित्ता शेयर बिक्री खुला गरेको छ । लिलामी शेयरमा ईच्छुक बैंकका संस्थापक शेयरधनी वा योग्य जो कोहि व्यक्ति, कम्पनी तथा संघ संस्थाले भदौ २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

    images
    images

    शेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

    लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०८:३७:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology