शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको बैरेनीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

धादिङको बैरेनीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

नागरिक पाटी

३२, श्रावण २०७८
  • 7.4K
    SHARES
  • धादिङको बैरेनीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते

    धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
    राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षकी रेनुका कुलुङको मृत्यु भएकोे प्रहरीले जनाएको छ । उहाँको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको हो ।

    images
    images

    यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७८ सोमवार - ०८:२१:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology