शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कलाकार मोहन चाम्लिङको निर्देशनमा ''डुबेछु'' बोलको गितको भिडियो सार्वजनिक

कलाकार मोहन चाम्लिङको निर्देशनमा ''डुबेछु'' बोलको गितको भिडियो सार्वजनिक

विष्णु ठकुरी

१०, कार्तिक २०७८
  • 12.7K
    SHARES
  • कलाकार मोहन चाम्लिङको निर्देशनमा ''डुबेछु'' बोलको गितको भिडियो सार्वजनिक

    काठमाडौं , डुबेछु म पनि व्यर्थै तेरो मायामा बोलको गितको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गीतकार बिबि थापाको शब्द ,मनोज चौलागाईंको संगीत/एरेञ्ज रहेको उक्त गीतमा प्रतिभावान गायक कौशलराज खड्काको जादुमय स्वरमा उक्त गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

    images
    images

    कलाकार मोहन चाम्लिङको निर्देशन रहेको उक्त गीतको भिडियोमा रंगमञ्चका कलाकारहरु सन्देश बम 'महाकाल', सजना अधिकारी, गिरि विश्वकर्मा, विशाल पुलामि, प्रेम प्रकाश केसि लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

    सरोज, सागरको स्टन्ट, रामेश्वर हुमागाईँको छाँयाकन, राजिव वलामिको सम्पादन साथै कुमार गजुरेलको सहायक निर्देशन रहेको भिडियोले माया-प्रेमका कथाहरूलाई उठाएको छ। चरित्र तथा कथाबस्तुलाई एकदमै विश्वसनीय , यथार्थ रुपमा प्रस्तुत गर्न सक्नु नै भिडियोको बलियो पक्ष देखिन्छ ।
    भिडियो हेर्नुहोस ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - १६:३६:५४ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology