नौबिसे साना किसान कृषी सहकारीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ खानिखोलामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभा कार्यक्रममा विभिन्न प्रतिवेदन तथा कार्ययोजनाहरु प्रस्तुत गरिएको छ । प्रस्तुत प्रतिवेदन वार्षिक साधारण सभाले पारित गरेको छ ।
अध्यक्षको तर्फबाट सुनिता घिमिरेले वार्षिक प्रतिवेदन तथा कार्ययोजना प्रस्तुत गर्नुभएको छ । प्रतिवेदन प्रस्तुत गर्नुहुँदै अध्यक्ष घिमिरेले सहकारीमा १ हजार ५ सय ४२ जना सदस्य आवद्ध भएको बताउनुभएको छ । उहाँले सँस्थाबाट आफ्नो सदस्यहरुलाई कृषी, पशुपालन, जिविकोपार्जन कर्जाका साथै स्थानिय स्रोत साधनको सदुपयोग र पुँजीको विकास गरि दिगो सँस्थागत विकासका साथै सामाजिक रुपान्तरण गरि सदस्यहरुको स्तर उकास्ने काम भएको बताउनुभयो । उहाँका अनुसार सँस्थाको कुल आन्तरिक पुँजी ११ करोड ९० लाख ७७ हजार रुपैँया रहेको र यसमा शतप्रतिशत महिला सहभागिता रहेको छ । यसका साथै उहाँले सहकारीले सञ्चालन गरेको सामाजिक सामुदायिक कार्यक्रम लगायत भावि कार्यक्रमका बारेमा जानकारी गराउनुभएको छ ।
यस्तै सँस्थाका प्रवन्धक कृष्ण प्रसाद अधिकारीले सहकारीको पुँजी तथा दायित्व र सम्पती लगायतका बारेमा जानकारी गराउनुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको विवरणमा आर्थिक वर्ष २०७७/०७८ मा पुँजी तथा दायित्व अन्तर्गत शेयर पुँजी, जगेडा तथा सँस्थागत कोष, निक्षेप, ऋण लगायत शिर्षकमा २५ करोड २३ लाख ६८ हजार रुपैँया उल्लेख छ । यस्तै सम्पती अन्तर्गत पनि सोहि रकम उल्लेख गरिएको छ । कार्यक्रममा यसका अलवा वार्षिक आय व्यय, नगद प्रवाह लगायतको बारेमा पनि जानकारी गराईएको छ ।
यसैगरी कार्यक्रमका अतिथीहरुले सहकारीको सफलताको लागि शुभकामना मन्तव्य दिएका छन् । यस्तै सहकारीको विभिन्न क्षेत्रका उत्कृष्ट व्यक्तिलाई सम्मान पनि गरिएको छ ।
सहकारीका अध्यक्ष सुनिता घिमिरेको अध्यक्षतामा भएको साधारण सभामा नेपाल कृषी सहकारी केन्द्रिय सँघका अध्यक्ष खेम पाठकको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र उपमेयर निरु खरेलको विशेष आतित्थ्यता रहेको थियो । यसैगरी जिल्ला कृषी सहकारी सँघका अध्यक्ष रामचन्द्र आचार्य, धुनिवेशी वडा नम्बर ८ का अध्यक्ष रामकृष्ण रेग्मी, थाक्रे साना किसान कृषी सहकारीका अध्यक्ष शँकर तामाङ, भुमेस्थान साना किसान कृषी सहकारीका अध्यक्ष कृष्ण थापा, पत्रकार लगायतको आतित्थ्यता रहेको थियो ।
केहि तस्बिरहरु :


















तस्बिर सौजन्य : राजाराम डँगोल