शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साहित्य

व्यँग्य कविता : झगडा

व्यँग्य कविता : झगडा

नागरिक पाटी

२९, माघ २०७८
  • 5.8K
    SHARES
  • व्यँग्य कविता  : झगडा

    हाम्रो घरको झगडाले डाँडाकाँडा हल्यो
    बुढो गोरु जोदाहाथ्यो कान्लाबाट पल्ट्यो
    हली पनि गुट्मुटिई सत्यानास भो फाली
    हरिश पनि दुई टुक्रा भो हेर्छे घरकी छोरी ।

    images
    images

    जोतारो र हल्लुँडो त भयो धुजाधुजा
    आज भोलि पाक्न छाड्यो हाम्रो घरमा मुर्गा
    सबैजना बन्न खोज्छन् घरको ठूलो ठालु
    हिस्स बुढी खिस्स दाँत भागमा प¥यो आलु ।

    अँध्यारो र झगडाले नोक्सान मात्र पार्छ
    झगडाको परिणाम यस्तै हुने गर्छ
    जोत्न सक्ने गोरु जति पाखा भित्ता लागे
    मेलो सक्न बूढा बाले बुढो गोरु डाके

    तीन अक्षरी शब्दभित्र तिनै अक्षर बाङ्गो
    झगडा नै झगडाले पार्न सक्छ नाङ्गो
    कहाँ पाउनु कमाइ नभई घरमा मीठो खान
    सोच मात्र बदलिन्छ पलाउँदैन ज्ञान ।

    –हरिकृष्ण सिलवाल
    (नमोबुद्ध नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोक)

    (कवि सिलवालका वि.सं. २०२८ सालमा ‘मेरो कल्पना कविता संग्रह, वि.सं. २०५८ ‘मनैभरि माया’ गीतिकविता संग्रह र वि.सं. २०६५ वैशाखमा ‘तिमी हामी साथी’ बालकविता संग्रह प्रकाशित छन् । उहाँका गीत, कविता र लेखरचना राष्ट्रियस्तरका दैनिक, साप्ताहिक एवं मासिक पत्रपत्रिकामा समेत प्रकाशित छन् ।)

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७८ शनिवार - १८:३०:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology