शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

"मेरो यो आँसु" बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

"मेरो यो आँसु" बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विष्णु ठकुरी

२२, फाल्गुण २०७८
  • 7.8K
    SHARES
  • "मेरो यो आँसु" बोलको म्यूजिक भिडियो  सार्वजनिक (भिडियो सहित)

    मोहन चाम्लिङद्वारा निर्देशित "मेरो यो आँसु" बोलको म्यूजिक भिडियो आइतबार साँझ सार्वजनिक भएको छ। कलाकारद्य गिरी विश्वकर्मा र रजिना अर्यालको मुख्य भुमिका रहेको उक्त भिडियोमा विशेष भुमिकाको रुपमा कलाकारहरु थमानसिं पुर्जा पुन, विष्णु ठकुरी साथै सुशान्त गजुरेललाई समेत देख्न सकिन्छ ।

    images

    गुन्डु, भक्तपुर लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा थियटरका कलाकारहरुको जीवन्त अभिनय , विश्वसनीय कथावस्तुका साथसाथै गीतका मार्मिक शब्द, संगीत अनि गायकिले गर्दा पनि दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छन् निर्देशक मोहन चाम्लिङ।

    सुधाकर संगीत/ईश्वरी सिँहको शब्द, मनोज चौलागाईंको एरेञ्ज, सुधाकर संगीतको संगीतमा उदाउँदो गायक कौशलराज खड्काको जादुमय स्वरले सुगन्ध थपेको छ। यमुना आचार्यको मेकअप, टुकछनको छायांकन/सम्पादन रहेको भिडियोमा कुमार गजुरेलले क्रियटिभ डिरेक्टरको कार्यभार सम्हालेका छन्। उक्त म्यूजिक भिडियोलाई कुमार गजुरेल यूट्यूब चानलद्वारा प्रस्तुत गरिएको छ।

    भिडियो हेर्नुस

    यो पनि हेर्नुस....

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १६:५०:१४ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology