आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न, १ अर्ब २२ करोडको बजेट सार्वजनिक

नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न, १ अर्ब २२ करोडको बजेट सार्वजनिक

नागरिक पाटी

७, आषाढ २०७९
  • 5.3K
    SHARES
  • नीलकण्ठ नगरपालिकाको नगरसभा सम्पन्न, १ अर्ब २२ करोडको बजेट सार्वजनिक

    धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख दिपक विश्वकर्माले १ अर्ब २२ करोड ९१ लाख २३ हजार रुपैयाको बजेट विनियोजन गरेका छन् । चालु खर्च तर्फ ७६ करोड ७९ लाख ६ हजार र पूजिगततर्फ ४६ करोड १२ लाख १७ हजार विनियोजन गरेका हुन् ।

    images

    नगरसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

    आर्थिक क्षेत्रमा ८ करोड २८ लाख बजेट विनियोजन गरिएको छ । ‘कृषिमा सीप, प्रविधि र पुजिसहितको आत्मनिर्भर, किसानका लागि स्थानीय सरकार’ भन्ने नाराका साथ कृषि क्षेत्रमा प्रवद्र्धनका लागि ५ करोड २९ लाख विनियोजन गरिएको छ । ‘एक वडा एक उत्पादन, उत्पादनमा आधारित अनुदान’ नारासहित प्रत्येक वडामा कृषिजन्य तथा दुग्धजन्य उत्पादनको प्रवद्र्धन कार्यक्रम ल्याइने उपप्रमुख विश्वकर्माले बताए । उद्योग तथा लघु विकासका लागि १ करोड ४७ लाख छुट्टाइएको छ ।

    नगरपालिकाको वडा नं ८ मा औद्योगिक ग्राम निर्माण गर्ने कार्यलाई निरन्तरता दिने बताइएको छ । कृषि तथा पर्यटन प्रवद्र्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख विनियोजन गरिएको छ ।

    सामाजिक विकास तर्फ ५२ करोड ४६ लाख विनियोजन गरिएको छ ।पूर्वाधार विकास अन्र्तगत आगामी पाँचवर्षसम्म वडा कार्यलयसम्म पुग्ने सडक कालोपत्रे गरिने गरि ३० करोड ३७ लाख बजेट विनियोजन गरिएको बताइएको छ । बजेट प्रस्तुत गर्नुपूर्व नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नीति तथा कार्यक्रम प्रस्तुत गगर्नु भएको हो ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १९:२०:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology