शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाको नगरसभा सम्पन्न, ८८ करोड ५३ लाखको बजेट सार्वजनिक

धुनिवेशी नगरपालिकाको नगरसभा सम्पन्न, ८८ करोड ५३ लाखको बजेट सार्वजनिक

शिवराज आचार्य

१०, आषाढ २०७९
  • 11.8K
    SHARES
  • धुनिवेशी नगरपालिकाको नगरसभा सम्पन्न, ८८ करोड ५३ लाखको बजेट सार्वजनिक

    धार्के । धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेको छ । नगरसभा मार्फत उपमेयर सुरज उप्रेतीले कुल ८८ करोड ५३ लाख २६ हजार रुपैयाको बजेट विनियोजन गरेका छन्।

    images
    images

    dhunibeshi 2.jpg

    गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

    गाउँसभाले आर्थिक विकास तर्फ रु. ७ करोड ६० लाख ४५ हजार बजेट विनियोजन गरेको छ । सामाजिक विकास तर्फ रु. २९ करोड ३७ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । पृर्वाधार विकास तर्फ रु. २९ करोड ८० लाख २५ हजार बजेट विनियोजन गरेको छ । कार्यालय तथा प्रशासनिक तर्फ रु. २० करोड १४ लाख ६२ हजार बजेट विनियोजन गरेको छ । त्यसै गरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ १ करोड ६० लाख ५० हजारको बजेट विनियोजन उपमेयर उप्रेतीले नगरँसभामा प्रस्तुत गर्नु भएको हो ।

    बजेट प्रस्तुत गर्नुपूर्व नगरपालिकाका मेयर बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - १७:५९:०५ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology