हिजो ६१ अङ्कले बढेको शेयर बजार आज पनि साढे ५४ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमवार ५४ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार सङ्ख्या र रकम पनि निकै बढेको छ । दुई सय १४ वटा कम्पनीका ९९ लाख ४४ हजार कित्ता शेयर चार अर्ब १० करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् ।