भन्ज्याङ पोखरी (धादिङ) । तेस्रो धुनिवेशी मेयर कप कराते प्रतियोगितामा धुनिवेशी डोजो प्रथम भएको छ । धादिङ धुनिवेशी डोजोको आयोजनामा धुनिबेशी नगरपालिका वडा नम्बर १ भन्ज्याङपोखरीमा भएको प्रतियोगितामा विभिन्न ३८ वटा पदकहरु जित्दै धुनिवेशी डोजो प्रथम भएको हो । धुनिबेशीले प्रतियोगितामा स्वर्णपदक ११ वटा, रजत पदक १० वटा र काश्य पदक १७ वटा गरि ३८ वटा पदक जितेको हो ।
यस्तै प्रतियोगितामा बिग बुद्ध डोजो दृतिय भएको छ । बिग बुद्ध स्वर्ण ५, रजत ३ र काश्य ५ गरी १३ पदक सहित दृतिय भएको हो । यस्तै प्रतियोगितामा सामरी डोजो नुवाकोट तृतिय भएको छ । सामरी डोजो स्वर्ण ४, रजत २ र काश्य ५ गरी ११ पदक सहित तृतिय भएको हो ।

प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने समुह तथा व्यक्तिलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै महिला तथा पुरुष तर्फ उत्कृष्ट भएका खेलाडीलाई पनि शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विभिन्न ९ वटा डोजोको सहभागिता रहेको थियो ।
कार्यक्रमको लागि धुनिवेशी नगरपालिकाले सहयोग गरेको हो भने विभिन्न सँस्था तथा व्यक्तिहरुले पनि स्वेच्छिक रुपमा सहयोग गरेका छन् । कार्यक्रममा सहभागी अतिथी लगायतलाई मायाको चिनो पनि प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथी तथा नगरपालिकाका मेयर बालकृष्ण आचार्यले खेलकुदको विकास र विस्तारका लागि आफु सदैव तयार रहेको बताउनुभएको छ । यस्तै कार्यक्रममा अध्यक्ष मिथुन तामाङले नगरपालिकामा तेस्रो पटक कराते प्रतियोगिता आयोजना गरिएको र यसलाई निरन्तर रुपमा आगामी वर्षहरुमा पनि सञ्चालन गरिने बताउनुभएको छ ।

धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता भएको कार्यक्रममा मिडिया पार्टनरको रुपमा रेडियो राजमार्ग, नागरिकपाटी डटकम, अनलाईन केन्द्र डटकम, टोलटोलको खबर डटकम र कृषी रेडियो रहेका थिए ।