शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

आशिष ठकुरी

२८, माघ २०७९
  • 16.6K
    SHARES
  • गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    धादिङ । गल्छि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गल्छिको वडा नम्बर ४ मासटारमा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी र गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले भलिबल पास गरेसँगै प्रतियोगिता सुरु भएको हो ।

    images
    images

    सोहि विद्यालयको व्यवस्थापन र गल्छि गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा पालिका भित्रका ९ वटा विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाएका छन् ।

    प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । जिल्ला समन्वय समिती धादिङका प्रमुख नवराज अधिकारी, गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारी, पुर्व उपाध्यक्ष राधा तिमल्सिना, वडा अध्यक्षहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

    प्रतियोगिता फागुन १ गते समापन हुने गाउँपालिकाको शिक्षा अधिकृत पेमा दोर्जे थोकरले बताए । 

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २८, २०७९ शनिवार - १७:०३:३७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology