धादिङ । द राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ स्कुलले गल्छी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको छ । गल्छी गाउँपालिका वडा नं ४ मासटारमा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ७ स्वर्ण ५ रजत र ४ कास्य सहित राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ स्कुलले जितेको हो ।

यस्तै ६ स्वर्ण ८ रजत ७ कास्य सहित जनकल्याण माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण ५ रजत २ कास्य सहित बागेश्वरी माध्यमिक विद्यालय तृतीय भएका छन् ।

जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापन र गल्छी गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा भएको प्रतियोगितामा पालिका भित्रका ९ विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाएका थिए ।