शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजल

हाँसेर ज्यून जाने चाेला जीवन्त हुन्छ

हाँसेर ज्यून जाने चाेला जीवन्त हुन्छ

  • 4.0K
    SHARES
  • हाँसेर ज्यून जाने चाेला जीवन्त हुन्छ

    गजल

    images
    images

    बाँधेर प्रेम-डाेरी माया अनन्त हुन्छ
    संसार देख्न साक्षी सिङ्गो वसन्त हुन्छ

    सम्बन्ध राख्न जाने टुट्दैन आज वाचा
    साैंन्दर्य बुझ्न सक्दा प्रीति दिगन्त हुन्छ

    आशा जगाई नाैलाे पाेखेर प्रेमधारा
    संसार प्यार बुझ्ने भाषा ज्वलन्त हुन्छ

    जाे बाेल्छ शत्रुताले साँची अहम् मनैमा
    बाेकी इमान हिड्दा उल्टै भिडन्त हुन्छ

    ज्ञानी गुणी सबैमा हुन्छन् कमी हजाराैं
    हाँसेर ज्यून जाने चाेला जीवन्त हुन्छ ।।। 

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १२:१६:२६ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology