शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हिम रिभर पावरले आइपीओ निष्काशन गर्दै

हिम रिभर पावरले आइपीओ निष्काशन गर्दै

नागरिक पाटी

४, जेठ २०८०
  • 2.7K
    SHARES
  • हिम रिभर पावरले आइपीओ निष्काशन गर्दै

    काठमाडौँ । हिम रिभर पावर लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्ने उक्त आइपीको लागि निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। विक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी आज रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।

    images
    images

    कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने कुल २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय वासिन्दाका लागि आइपीओ निष्काशन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्काशन गर्नेछ ।

    त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ विक्री गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता बिक्रि गर्ने जनाएको छ ।

    हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा वार्षिक उत्पादन क्षमता ९४।४० गिगावट र जडित क्षमता १६।२६ मेगावाट भएको लिपिङ खोला हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०८० बिहिवार - १०:२९:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology