शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज पनि शेयर बजार दोहोरो अङ्कले बढ्यो

आज पनि शेयर बजार दोहोरो अङ्कले बढ्यो

नागरिक पाटी

३१, जेठ २०८०
  • 3.9K
    SHARES
  • आज पनि शेयर बजार दोहोरो अङ्कले बढ्यो

    आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव ०६ बिन्दुमा पुगेको छ ।

    images
    images

    आज अन्य समूहको शेयर उच्च अङ्कले बढेको छ । यस्तै बैंक, जीवन बीमा, माइक्रो फाइनान्स लगायत समूहको शेयर बढ्दा विकास बैंक, फाइनान्स, होटल, व्यापार लगायतका समूहको शेयर घटेको छ । आज कारोबार रकम पनि बढेर पाँच अर्ब रुपैयाँभन्दा धेरै पुगेको छ ।

    आज दुई सय ७५ वटा कम्पनीका एक करोड २५ लाख कित्ता शेयर पाँच अर्ब एक करोड ७८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको २८ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । आज खप्तड लघुवित्त र सिटी होटलको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०८० बुधवार - १७:३१:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology