खुसी मन गरेर बोल्ने गर न
यो दिलमा राखौला आएर बस न
म सँग किन जिद्दी गर्छौ तिमि
यो मुटुमा बसेकी रहेछौ तिमि
मिठो शब्दले म सँग बोलिदेऊ तिमिले
एकपल्ट यतातिर हेरिदेऊ ती नजरले
चन्द्रमुखी मुहार तिम्रो हेरी रहु लाग्छ
मेरो मुटुको माझमा तिम्रो बास छ
हात समाई मलाई कतातिर लैजाँदै छौ
एकपल्ट यतातिर हेर कतातिर गइछौ
मेरा विगतका दिनहरू तिमिलाई थाहा होला
एकान्तमा बसे पनि तिम्रो याद आउला
खुसी मन गरेर बोल्ने गर न
यो दिलमा राखौला आएर बस न
म सँग किन जिद्दी गर्छौ तिमि
यो मुटुको माझमा बसेकी छौ तिमि
मिठो शब्दले म सँग बोलिदेऊ तिमिले
एकपल्ट यतातिर हेरिदेऊ न ती नजरले
गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल, डोटी