शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मेटेर जाउ माया यो खुल्दुली तिमीले..

मेटेर जाउ माया यो खुल्दुली तिमीले..

  • 4.7K
    SHARES
  • मेटेर जाउ माया यो खुल्दुली तिमीले..

    फेरेर आज के भो त्यो काँचुली तिमीले
    मेटेर जाउ माया यो खुल्दुली तिमीले

    images
    images

    संसार बन्छ राम्रो हेक्का लिएर बढ्दा
    संदिग्ध चाल यस्तो गर्छ्यौ ठुली तिमीले

    माया नमार साथी दोषी म हैन साँच्चै
    के पो मिलेछ भन्द्यौ धर्ती डुली तिमीले

    विश्वासघात गर्ने जाँदैन हेर माथि
    काटेर नाक आफ्नै लायौ फुली तिमीले

    बाँचेर मर्नु पर्दा दुख्दो छ जिन्दगानी
    दिन्छ्यौ कि आज पानी ती अञ्जुली तिमीले

    (मुजारे मुसम्मन अखरब बहर)
    सूत्र : २२१२ १२२र २२१२ १२२

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०८० आइतवार - १२:४९:५५ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology