शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समाचार

धादिङको धुनिवेशीमा स्वचालित वधशाला सञ्चालनको तयारी

धादिङको धुनिवेशीमा स्वचालित वधशाला सञ्चालनको तयारी

नागरिक पाटी

२५, आश्विन २०८०
  • 5.6K
    SHARES
  • धादिङको धुनिवेशीमा स्वचालित वधशाला सञ्चालनको तयारी

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा दैनिक ३२ हजार २ सय ४० खुकुरा वध गर्ने क्षमताको स्वचालित वधशाला सञ्चालनको तयारी भइरहेको छ । नुवाकोटका केशवराज थापाले सञ्चालनमा ल्याउन लागेको केबी एग्रो एन्ड रिसर्च प्रा.लि सञ्चालनको अन्तिम तयारीमा रहेको हो ।

    images
    images

    धुनिवेशी नगरपालिका वडा नं. ८ बाहुनडाँडामा ब्रोइलर कुखुरा वधशाला सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने भएको छ । वधशालामा ३ सय मानिसले रोजगारी पाउनेछन् । वधशालामा प्राविधिक कर्मचारी १० प्रतिशत र ९० प्रतिशत अप्राविधिक कर्मचारी प्रतिशत हुनेछन् । प्रतिघण्टा २ हजार ३० कुखुरा वध गर्ने र एक दिनमा दुई सिफ्टमा चल्ने भएकाले दैनिक ३२ हजार ४ सय ८० कुखुरा वध गर्न सकिन्छ ।

    खेर जाने हड्डी, रगतबाट कुखुराको दानामा प्रयोग हुने प्रोटिन बनाइने, उद्योगमा प्रयोग भएको पानीलाई शुद्धीकरण गरी बगाइने एवं वधशालामा युरो मापदण्ड लागू गरिने पनि सञ्चालक थापाले बताए । उद्योगमा प्रयोग भएका मेसिनहरू टर्की, जर्मनी, इटाली, हल्यान्ड र पोल्यान्डबाट ल्याएको उनले बताए । मेसिन जडान गर्न पनि सोही देशबाट प्राविधिक आएका छन् । यस किसिमको वधशाला नेपालमा पहिलो भएको दाबी थापाले गरे ।

    वधशालामा जिउँदो २० हजार कुखुरा भण्डारण गर्ने क्षमता रहेको छ । तयारी सामान ५ लाख केजी भण्डारण गर्न सकिन्छ । अहिले किसानले विभिन्न कोल्ड स्टोरमा लगेर बेच्दै आएका छन् । यो उद्योग सञ्चालनमा आएपछि दैनिक १६ हजार २ सय ४० का हिसाबले ६० लाख खुकुरा वधशालाका लागि आवश्यक हुनेछ । ६० लाख कुखुरा पालन गर्नका लागि दुई–चार जना किसान वा फर्मले सम्भव देखिँदैन ।

    ६० लाख कुखुरा धादिङमा मात्र उत्पादन हुने सम्भावना नभएपछि नुवाकोट, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे पलान्चोक, गोरखा, चितवनबाट ल्याइने सञ्चालक थापाले बताए । उद्योगमा प्रत्यक्ष रूपमा ३ सय जनाले रोजगारी पाए पनि अप्रत्यक्ष रूपमा २० हजार किसानले रोजगारी पाउने अनुमान गरिएको छ ।

    वधशालामा उत्पादन भएका मासुका परिकार गुणस्तरीय हुनेमा उनले जोड दिए । यहाँ ल्याइएका कुखुराको स्वास्थ्य परीक्षण गरिन्छ । स्वस्थकर कुखुराहरू मात्र वध गर्न सिफारिस हुने पनि थापाले बताए । कुखुराको स्वास्थ्य परीक्षणपछि गाडीसहित तौल गरिने र वध गरिएको मासु काठमाडौं र आसपासका सहरी क्षेत्रमा पठाउनेतर्फ काम गरिरहेको थापाले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - १३:५५:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology