शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे साना किसान कृषि सहकारीले मनायो १९औं वार्षिक साधारण सभा

थाक्रे साना किसान कृषि सहकारीले मनायो १९औं वार्षिक साधारण सभा

शिवराज आचार्य

२६, आश्विन २०८०
  • 4.3K
    SHARES
  • थाक्रे साना किसान कृषि सहकारीले मनायो १९औं वार्षिक साधारण सभा

    थाक्रे, धादिङ । थाक्रे साना किसान कृषि सहकारी संस्था लि.को १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । थाक्रे वडा नम्बर ७ को हाप्सेचौरमा रहेको  थाक्रे साना किसान कृषि सहकारी संस्थाले शुक्रबार बार्षिक साधारण सभा मनाएको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०८० संस्थाका अध्यक्ष शंकर तामाङले प्रस्तुत गर्नु भएको थियो ।

    images
    images

    IMG_9377.JPG

    वि.स २०५३ सालमा स्थापना भएको सहकारीको शेयर पुँजी १ करोड ३३ लाख ५३ हजार ५ सय ५० रुपैयाँ रहेको छ । साधारण जगेडा कोष ७३ लाख ३१ हजार ३ सय ७३ रुपैयाँ।अन्य जगेडा कोषहरु ४३ लाख ५४ हजार २२ रुपैयाँ,ऋण लगानीमा समभावित जोखिम कोष २३ लाख ६६ हजार ७ सय ६५ रुपैयाँ, बचत निक्षेप दायित्व ३ करोड ६० लाख ६५ हजार ६ सय ७६ रुपैयाँ,बाह्य ऋण सापट हिसाव ६ करोड १७ लाख, पुँजिगत अनुदान कोष १३ लाख ५७ हजार ८ सय २३ रुपैयाँ,चालु दायित्व तथा भुक्तानी दिनुपर्ने हिसाव ३ लाख ७३ हजार ८ सय ५५ रुपैयाँ,दिर्घकालिन तथा अन्य दायित्व हिसाव ३२ लाख २९ हजार ४ सय ६३ रुपैयाँ,आम्दानी नजनाएको कन्ट्रा हिसाव १२ लाख १७ हजार ८५ रुपैयाँ रहेको सहकारीको जम्मा करोकार १३ करोड १३ लाख ४९ हजार ६ सय १५ रुपैयाँ रहेको सहकारीका प्रबन्धक बलराम बस्नेतले जानकारी दिनु भयो । संस्थामा अहिले २०४ वटा समुह तथा १०९१ जना शेयर सदस्य रहेका छन्।

    IMG_9428.JPG

    कार्यक्रमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्य रहेको थियो ।

    IMG_9443.JPG

    कार्यक्रममा साना किसान कृषि सहकारी संघ लि धादिङका अध्यक्ष रंग थपलिया, थाक्रे गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष युवराज खतिवडा, वडा सदस्यहरु, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. गजुरी शाखाका प्रबन्धक विशाल तुलाधर, केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष अप्सरा अधिकारी, भूमेस्थान साना किसान कृषि सहकारी संस्था लि. अध्यक्ष कृष्ण बहादुर थापा, तसर्पू साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष राधिका सापकोटा,विभिन्न सहकारी संस्थाका प्रबन्धक तथा प्रतिनिधी, सहकारीका शेयर सदस्यहरुको सहभागीता रहेको थियो ।

    IMG_9385.JPG

    IMG_9381.JPG

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - १९:३१:२४ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology