शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दशैंले सबैको निराशा हटाओस्

दशैंले सबैको निराशा हटाओस्

नवराज न्याैपाने 'माैन'

१, कार्तिक २०८०
  • 5.7K
    SHARES
  • दशैंले सबैको निराशा हटाओस्

    गजल

    images
    images

    दशैंले सबैको निराशा हटाओस्
    महङ्गी र हाम्रो गरीबी घटाओस्

    सबै भ्रष्ट मान्छे नियालेर खोजी
    कठालो समातेर डाँडा कटाओस्

    सबै बस्न सक्छन् मिले रोजगारी
    र यो देशभित्रै जवानी अटाओस्

    गरे हुन्छ खेती यही देशभित्र
    सधैंं देश भन्दै कहानी रटाओस्

    गए सिक्न जाने सधैंं बस्नु हुन्न
    न मूर्दा पठाओस् न छाती ठटाओस्

    भए आत्मनिर्भर पराधीन हुन्नौं
    यही देश हेरेर टोपी फटाओस्

    (बहर : मुतकारिब मुसम्मन सालिम)

    नवराज न्यौपाने 'मौन'
    - मातातीर्थ, काठमाडौं ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०८० बुधवार - १०:३२:३८ बजे

    नवराज न्याैपाने 'माैन'

    न्यौपानेले विशेष गरी साहित्यिक लेख रचनाहरु सँगै स्वतन्त्र पत्रकारिता क्षेत्रमा पनि कलम चलाउनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology