शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

घाटामा रसुवागढी हाइड्रोपावर

घाटामा रसुवागढी हाइड्रोपावर

नागरिक पाटी

३, मंसिर २०८०
  • 6.1K
    SHARES
  • घाटामा रसुवागढी हाइड्रोपावर

    रसुवागढी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५३ लाख रुपैयाँ नोक्सान व्यहोरेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा कम्पनीको ९८ लाख २६ हजार रुपैयाँ सञ्चालन खर्च घाटामा रहेको हो ।

    images
    images

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी ९६ लाख ४३ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । जसले गर्दा यस वर्ष पनि कम्पनीको पर्फमेन्स् कमजोर बन्न पुगेको हो ।

    हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३५ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक छ ।

    गत वर्ष यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०४ पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ ८७ रुपैयाँ छ । हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको निर्माण कार्य भइरहेको छ । यसको ९७ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - २१:०४:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology