शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

विष्णु बुढाथोकीद्वारा निर्देशित टेलिचलचित्र ‘डिङ्नो’ प्रशारण हुँदै

विष्णु बुढाथोकीद्वारा निर्देशित टेलिचलचित्र ‘डिङ्नो’ प्रशारण हुँदै

विष्णु ठकुरी

६, माघ २०८०
  • 4.5K
    SHARES
  • विष्णु बुढाथोकीद्वारा निर्देशित टेलिचलचित्र ‘डिङ्नो’  प्रशारण हुँदै

    काठमाडौं । नयाँ  ‘डिङ्नो’ निर्माण हुने भएको छ । शुक्रबार विश्वज्योती हलमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक कथावस्तुको श्रृंखला ल्याउने जानकारी दिइयो । लुम्बिनी प्रदेशको दाङ र आसपासको ग्रामीण परिवेशमा छायांकन गरिने सिरिजले कुना कन्दरा र विदेशको भोगाइलाई चित्रण गर्ने निर्देशक विष्णु बुढाथोकीले बताए ।

    images
    ‘हजारौ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको सपनाको झोला बोकेर बहानामा बिदेशिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गर्नेछौं’ निर्देशक बुढाथोकीले भने ।

    यो सिरिज प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखी ९ बजेसम्म प्रसारण हुनेछ भने युटुब च्यानल Eh Digital मा सोमबार बेलुकी ८ :३० बजे प्रसारण हुनेछ । यसमा कुलदिप अधिकारी, रोशनी कार्की, जेबी डिसी, बिष्णु बुढाथोकी, पूर्णबहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय हुनेछ ।

    योगेश काजीको शीर्षगीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पूर्णबहादुर गन्धर्वको पटकथा तथा संवाद छ । सन्जिव कार्कीको सहायक निर्देशन, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माण र शैलेश खत्री निर्मातामा छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ६, २०८० शनिवार - २१:०८:३३ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology