शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लक्ष्मी सनराइज बैंकले सेती खोला आयोजनामा ३ अर्ब ऋण लगानी गर्ने

लक्ष्मी सनराइज बैंकले सेती खोला आयोजनामा ३ अर्ब ऋण लगानी गर्ने

नागरिक पाटी

२२, माघ २०८०
  • 4.3K
    SHARES
  • लक्ष्मी सनराइज बैंकले सेती खोला आयोजनामा ३ अर्ब ऋण लगानी गर्ने

    २० मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्ने भएको छ । अपर सेती हाइड्रो प्रालीले निर्माण गर्न लागेको आयोजनामा बैंकले ३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको हो ।

    images
    images

    आयोजना निर्माण गर्न कूल ४ अर्ब २ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धकरसंस्थापकहरूको लगानी रहने छ ।

    अपर सेती हाइड्रोले २०७८ माघ १७ गते विद्युत् विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत् उत्पादनको अनुमति पत्र लिनुका साथै असोज १०, २०८० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) समेत गरिसकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - १६:४३:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology