शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रभु बैंक धार्के शाखाद्धारा विद्यार्थीहरुलाई बैंक तथा वितिय साक्षरताका बारेमा जानकारी

प्रभु बैंक धार्के शाखाद्धारा विद्यार्थीहरुलाई बैंक तथा वितिय साक्षरताका बारेमा जानकारी

आशिष ठकुरी

३, फाल्गुण २०८०
  • 13.5K
    SHARES
  • प्रभु बैंक धार्के शाखाद्धारा विद्यार्थीहरुलाई बैंक तथा वितिय साक्षरताका बारेमा जानकारी

    प्रभु बैंक लिमिटेड धार्के शाखाले मच्छिन्द्र माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बिहिबार धादिङको धुनिवेशी नगरपालिकामा रहेको मच्छिन्द्र माध्यमिक विद्यालयमा वितिय साक्षरता कार्यक्रम गरेको हो ।

    images
    images

    बैंकको धार्के शाखाका प्रबन्धक प्रविन कोइरालाका अनुसार उक्त विद्यालयको कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुका विचमा बैंक तथा वितिय साक्षरताका बारेमा जानकारी गराईएको छ । विद्यार्थीहरुलाई बचत, कर्जा परिचालन, बैँकिङ प्रणाली, डिजिटल बैँकिङ लगायतको बारेमा जानकारी गराईएको कोईरालाको भनाई छ । कार्यक्रम मार्फत विद्यार्थीहरुले बैंकले प्रदान गर्ने सेवाहरुका बारेमा पनि जानकारी लिएको प्रबन्धक कोइरालाले बताउनुभयो ।

    2.jpg

    यसअघि बैँकले थाक्रे गाउँपालिका वडा नम्बर ९ मा रहेको ज्योति माध्यमिक विद्यालय, धुनिबेशी नगरपालिका वडा नम्बर ८ मा रहेको धुनिबेशी आवासिय माध्यमिक विद्यालय लगायतमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको छ भने ज्योति माध्यमिक विद्यालय र केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण, धुनिबेशी ६ मा रहेको कालीदेवी आधारभूत विद्यालयलाई डस्बिन वितरण लगायतका काम गरिसकेको छ ।

    अन्य समाचारहरु

    प्रभु बैंक धार्के शाखाद्धारा ज्योति माविमा वितिय साक्षरता कार्यक्रम

    प्रभु बैंक धार्केद्धारा ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण

    प्रभु बैंक धार्के शाखाद्धारा कालीदेवी विद्यालयलाई डस्बिन वितरण

    प्रभु बैँक धार्के शाखाद्धारा शैक्षिक सामाग्री वितरण

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - २२:५०:४३ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology