शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आधुनिक कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न, अध्यक्षमा विनोद पौडेल चयन

आधुनिक कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न, अध्यक्षमा विनोद पौडेल चयन

शिवराज आचार्य

६, जेठ २०८१
  • 6.1K
    SHARES
  • आधुनिक कृषि सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न, अध्यक्षमा विनोद पौडेल चयन

    धार्के,धादिङ । थाक्रेमा रहेको आधुनिक कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ ।

    images
    images

    438059218_2841835402656559_2936486760960773546_n.jpg

    धादिङ थाक्रे गाउँपालिका वडा नम्बर १० केवलपुरमा एक महिना अगाडी स्थापना भएको आधुनिक कृषि सहकारी संस्थाले प्रारम्भिक साधारणसभा मार्फत विनोद पौडेलले अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको छ। जस्को उपाध्यक्षमा जित बहादुर लामा, सचिवमा स्वारिका सुवेदी,कोषाध्यक्षमा देबेन्द्र रुपाखेती,सदस्यहरु रत्नमाया खतिवडा,निर्मला तामाङ,सपना अधिकारी, रामचन्द्र पौडेल,पदम तामाङ, नवीन पौडेल र प्रदिप श्रेष्ठ रहेका छन्।

    प्रारम्भिक साधारण सभाले सुर्य प्रसाद घिमिरे को संयोजकमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत गठन गरेको छ । जसको सदस्यमा राजेन्द्र पौडेल र अजय पौडेल रहेका छन्।

    कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,बागमती प्रदेश सहकारी संघ लेखा संयोजक नेत्रराज पौडेल थाक्रे वडा नं १० का वडाध्यक्ष गोकुल प्रसाद लामिछाने ,विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि,विद्यालयका प्रधानाध्यपकहरु लगायतको उपस्थिति रहेको सहकारीका अध्यक्ष विनोद पौडेलले रेडियो राजमार्गलाई बताउँनु भएको छ ।

    438058623_2841843159322450_6329234963934301210_n.jpg

    सहकारीको कार्य क्षेत्र थाक्रे वडा नम्बर ९, १० र ११ रहेको छ । सहकारीले कृषि र पशुपालन सगं सम्बन्धित कार्य सञ्चालन गर्ने छ ।कार्यक्रमका वीच सहकारीको कार्यालय उद्घाटन तथा भित्तेपात्रो विमोजन गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०८१ आइतवार - ०९:१६:५६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology