नेकपा (एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सरेको छ । साउन १४ गते बोलाईएको बैठक पार्टी अध्यक्ष माधवकुमार नेपाललाई केन्द्रीय कमिटी थप गर्न सकस भएपछि सारिएको हो ।
केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १४ गतेको बैठक साउन १६ गते बुधबारका लागि सारिएको हो । तयारी अपुग भएपछि बैठक दुई दिन पर सारिएको खतिवडाले बताए । सो पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेको छ । तर भागबण्डामा कुरा नमिल्दा बैठक सरेको छ ।
असार २१ गते सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, महासचिव र सम्मानित नेतासहित ९३ सदस्यीय अपुरो केन्द्रीय कमिटी घोषणा गरेको सो पार्टीले २०६ जना केन्द्रीय सदस्य छान्न बाँकी छ ।