शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति, २१ वटा जिल्ला बढी प्रभावित

बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति, २१ वटा जिल्ला बढी प्रभावित

नागरिक पाटी

१६, आश्विन २०८१
  • 4.2K
    SHARES
  • बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति, २१ वटा जिल्ला बढी प्रभावित

    असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपद्को प्रारम्भिक क्षतिको जानकारी दिनुभएको हो । उहाँका अनुसार विपद्का कारण अहिलेसम्म २ सय २४ जनाको ज्यान गएको, २४ जना बेपत्ता र १ सय ५८ जना घाइते भएका तथा उच्च जोखिममा रहेका ४ हजार ३ उय ३१ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

    images
    images

    यस्तै बाढी पहिरोबाट काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाण्डौ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ वटा जिल्ला बढी प्रभावित भएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विपद्बाट प्रभावित भएकाहरूलाई राहत रकम वितरण शुरू भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र पूरा गरिने बताउनुभयो । उहाँले घाइतेहरूको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०८१ बुधवार - ०६:०५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology