शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनको भाउले बनायो नयाँ रेकर्ड

सुनको भाउले बनायो नयाँ रेकर्ड

नागरिकपाटी डेक्स

३०, आश्विन २०८१
  • 2.7K
    SHARES
  • सुनको भाउले बनायो नयाँ रेकर्ड

    सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images
    images

    दशैँ बिदापछि कारोबार भएको पहिलो दिन हिजो सुनको भाउ तोलामा १ लाख ६० हजार पाँच सय रुपैयाँमा रहेको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०८१ बुधवार - १२:३७:२६ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology