शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए शपथ

बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए शपथ

नागरिक पाटी

५, कार्तिक २०८१
  • 3.0K
    SHARES
  • बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठले लिए शपथ

    बागमती प्रदेश लोक सेवा आयोगका नव नियुक्त अध्यक्ष महेश्वर श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। श्रेष्ठले सोमबार शपथ खाएका हुन्।

    images
    images

    प्रदेश प्रमुख देवकोटाले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (१) अनुसार गठित सिफारिस समितिको सिफारिसमा दफा सोही धाराको दफा ४ को उपदफा (२) बमोजिम श्रेष्ठलाई नियुक्त गरेका थिए।

    मुख्यमन्त्री बहादुरसिंह लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टेलको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। २०७६ मंसिर २६ मा गठित आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ उमेर हदका कारण गत चैत ३ गते पदावधि सकिएपछि उक्त पद खाली थियो।

    श्रेष्ठ बिहीबार मात्रै सरकारी सेवाबाट अवकाश भएका हुन्। उनी यसअघि लुम्बिनी प्रदेशको बुटवलस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशक पदमा कार्यरत थिए। त्यसअघि उनले स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको निर्देशकको रूपमा समेत काम गरेका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०८१ सोमवार - १५:३४:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology