शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजार उच्च अङ्कले बढ्यो,९ अर्ब ७७ करोडको कारोबार

शेयर बजार उच्च अङ्कले बढ्यो,९ अर्ब ७७ करोडको कारोबार

नागरिक पाटी

२५, कार्तिक २०८१
  • 2.8K
    SHARES
  • शेयर बजार उच्च अङ्कले बढ्यो,९ अर्ब ७७ करोडको कारोबार

    काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६२ दशमलव ५४ अङ्कले बढेर दुई हजार सात सय ३८ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

    images
    images

    आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    अघिल्लो कारोबार दिन गएको बुधवार पाँच अर्ब २२ करोडको शेयर कारोबार भएकोमा आज तीन सय २५ वटा कम्पनीका दुई करोड २४ लाख कित्ता शेयर नौ अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको ३८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०८१ आइतवार - १७:५६:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology