शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शेयर बजार लगातार तेस्रो दिन बढ्यो, १० अर्ब भन्दा बढिको कारोबार

शेयर बजार लगातार तेस्रो दिन बढ्यो, १० अर्ब भन्दा बढिको कारोबार

नागरिक पाटी

६, फाल्गुण २०८१
  • 3.0K
    SHARES
  • शेयर बजार लगातार तेस्रो दिन बढ्यो, १० अर्ब भन्दा बढिको कारोबार

    शेयर बजार परिसूचक नेप्से आज ११.९१ अङ्कले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।

    images
    images

    आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

    आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सप्तकोशी विकास बैंक र केबीएल डिबेन्चर २०८६ को शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो १० अर्ब ४ करोडको कारोबार भएकोमा आज ३१४ वटा कम्पनीका १ करोड ८२ लाख कित्ता शेयर १० अर्ब ४३ करोड रुपैयाँमा किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - १७:५६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology