शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेयर बजारमा ११ अङ्कको गिरावट

सेयर बजारमा ११ अङ्कको गिरावट

नागरिक पाटी

२५, जेठ २०८२
  • 3.6K
    SHARES
  • सेयर बजारमा ११ अङ्कको गिरावट

    साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०६ अङ्कले घटेर २,६२९.८९ को बिन्दुमा पुगेर बन्द भएको छ। यो ०.४१ प्रतिशतको गिरावट हो।

    images
    images

    परिसूचक घटे पनि कारोबार रकम भने उत्साहजनक रहेको छ। दिनभरमा कुल ९ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

    आज ८६ हजार ६३६ पटकको कारोबारमा कुल १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ। आज कारोबारमा आएका कुल ३१३ कम्पनीमध्ये ८६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १५:५६:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology