शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लगातार आठौं कारोबार दिन पनि बढ्यो शेयर बजार

लगातार आठौं कारोबार दिन पनि बढ्यो शेयर बजार

नागरिक पाटी

८, श्रावण २०८२
  • 4.3K
    SHARES
  • लगातार आठौं कारोबार दिन पनि बढ्यो शेयर बजार

    शेयर बजार लगातार आठौं कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७६ अङ्कले बढेर २ हजार ९ सय ८२ दशमलव ६४ विन्दुमा पुगेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, लगानी, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर घटेको छ ।

    images
    images

    आज ग्रीन भेन्चर्स, ट्रेड टावर, सान्भी इनर्जी, श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन मञ्जुश्री फाइनान्स कम्पनीको डिबेन्चर ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १९ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका ३ करोड ८९ लाख कित्ता शेयर १८ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएको छ ।

    यसैबीच बजार पूँजीकरण अहिलेसम्मकै धेरै ४९ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ८, २०८२ बिहिवार - १८:३९:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology