शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सागर डिष्टिलरीको आईपीओ खुल्यो

सागर डिष्टिलरीको आईपीओ खुल्यो

नागरिक पाटी

३०, भाद्र २०८२
  • 3.9K
    SHARES
  • सागर डिष्टिलरीको आईपीओ खुल्यो

    सागर डिष्टिलरी लिमिटेडले आजदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट भइसकेको छ । १ लाख ४५ हजार २०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्काशन गरिएको थियो । साथै कम्पनीले ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ ।

    images
    images

    कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

    ४३ हजार ५६० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ । कम्पनीले सर्वसाधारणका लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गरिएको छ । जसको एक सय रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

    इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको यस कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८२ सोमवार - ११:३१:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology