शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

दसैँलाई अग्रिम टिकट बुकिङ नखोलिने

दसैँलाई अग्रिम टिकट बुकिङ नखोलिने

नागरिक पाटी

३१, भाद्र २०८२
  • 3.2K
    SHARES
  • दसैँलाई अग्रिम टिकट बुकिङ नखोलिने

    यो वर्ष दसैँतिहारलगायत चाडपर्वका निम्ति अग्रिम टिकट बुकिङ नखोलिने भएको छ । मंगलबार काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्बद्ध सबै पक्षको बैठकबाट यात्रु जिल्लातर्फ जाने क्रम सुरु भइसकेकाले दसैँका निम्ति अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालिएको हो ।

    images
    images

    ‘जेनजी’को आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा गरिँदा उनीहरू घर जाने क्रम सुरु भइसकेकाले दसैँलक्षित अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णय गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए । दसैँका निम्ति घर जानेलाई तीन–चार दिनअगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको उनले बताए ।

    यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुलाई सहज ढंगले गन्तव्यमा पुर्‍याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए । उनले यात्रुलाई सहज रूपमा गन्तव्यमा पुर्‍याउने विषयमा कुनै कमी हुन नदिने पनि बताए ।

    बैठकमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले दसैँमा यात्रुलाई ठग्नेमाथि कारबाही हुने चेतावनी दिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - १७:२७:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology