शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले २० लाखको व्यक्तिगत लगानीमा सडक बनाइदिने

मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले २० लाखको व्यक्तिगत लगानीमा सडक बनाइदिने

नागरिक पाटी

२९, कार्तिक २०८२
  • 4.4K
    SHARES
  • मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीले २० लाखको व्यक्तिगत लगानीमा सडक बनाइदिने

    मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिका(२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान गरिदिने भएका छन्।

    images
    images

    ६ मिटर चौडाई र २०० मिटर लम्बाई रहेको उक्त सडक स्ल्याब ढलानका लागि अध्यक्ष कालाखेतीले शनिबार प्राविधिक जाँच गरी लागत स्टिमेट तयार गराएका छन्। स्टिमेट अनुसार सो सडक स्ल्याब ढलान गराउन २० लाख रुपैयाँ खर्च हुनेछ।

    शनिबार मनहरी २ कर्मचोकमा आयोजित एक औपचारिक कार्यक्रममा अध्यक्ष कालाखेतीले अबको केही दिनभित्रै सडक स्ल्याब ढलानको काम सुरु गरिने जानकारी दिए। जेनजी आन्दोलनपछि गाउँपालिकामा भएको भौतिक क्षतिका कारण बजेट कटौती हुँदा केही विकासे आयोजनाहरू समेत कटौतीमा परेपछि स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै आफू र आफ्नो पहलमा निजी खर्चमै सडक स्ल्याब ढलान गराउन लागिएको अध्यक्ष कालाखेतीले बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २९, २०८२ शनिवार - १६:३८:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology